०८ साउन २०८३, शुक्रबार

आजै विश्वासको मत लिने तयारीमा प्रधानमन्त्री देउवा

आजै विश्वासको मत लिने तयारीमा प्रधानमन्त्री देउवा
फाइल फोटो

प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधि सभाबाट आजै विश्वासको मत लिने तयारी गरेका छन् ।

प्रतिनिधि सभा अधिवेशन शुरू भएकै दिन विश्वासको मत लिने तयारी गरेको देउवा निकट स्रोतले जानकारी दियो ।

कार्यव्यवस्था समितिको बैठकबाट निर्णय गरेर आजै विश्वासको मत लिने प्रक्रिया अगाडि बढाइने स्रोतको दाबी छ ।

सरकारको सिफारिश र राष्ट्रपति विद्यादेवी भण्डारीको आह्वानमा प्रतिनिधि सभा बैठक अपराह्न ४ बजे बस्दैछ ।

गत असार २८ गते प्रधानमन्त्री नियुक्त भएका देउवाले ३० दिनभित्र विश्वासको मत लिइसक्नुपर्ने संवैधानिक व्यवस्था छ ।

salt training

कमेन्ट गर्नुहोस्