
सर्वोच्च अदालतको फैसलाबाट पुनःस्थापित प्रतिनिधि सभाको बैठक सञ्चालनको विषयमा छलफल गर्न कार्यव्यवस्था परामर्श समितिको बैठक आइतवार बस्दैछ ।
संसद् सचिवालय सिंहदरबारमा अहिले बिहान १० बजेपछि कार्यव्यवस्थाको बैठक बस्न लागेको सभामुख अग्नि सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए ।
प्रधानमन्त्री शेरबहादुर देउवाले आजै प्रतिनिधि सभामा विश्वासको मत लिने चाहना व्यक्त गरेकाले विश्वासको मतको प्रक्रियाबारे छलफल हुने संसद् सचिवालय स्रोतले बतायो ।
प्रतिनिधि सभाको बैठक अपराह्न ४ बजे संसद् भवन बानेश्वरमा बस्दैछ ।