१० साउन २०८३, आइतबार

रुसले यही साता नयाँ खतरनाक युद्धविमान सार्वजनिक गर्दै

साउन ३, २०७८
रुसले यही साता नयाँ खतरनाक युद्धविमान सार्वजनिक गर्दै

रुसका विमान निर्माताहरूले यही साता मस्को एयर शोमा नयाँ लडाकू विमान सार्वजनिक गर्ने बताएका छन् । 

उक्त नयाँ युद्धविमान त्रिपालले छोपेर मस्कोबाहिर रहेको झुकोव्स्कीको एक एयरफील्डमा राखिएको देखिएको छ । 

त्यहाँ मंगलवारबाट एमएकेएस–२०२१ इन्टरनेसनल एभिएसन स्पेस स्यालोन आरम्भ हुँदैछ । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले यसको आरम्भ समारोहमा भाग लिँदैछन् । 

नयाँ फाइटर जेट सुखोइ विमान निर्माताले बनाएको हो । लाइट ट्याक्टिकल फाइटरको निर्माणको कार्यक्रमअन्तर्गत बनाइएको हो । 

रुसको पछिल्लो सु–५७ डबल इन्जिन स्टेल्थ फाइटरभन्दा यो विमान सानो छ र यसमा एउटा मात्र इन्जिन छ । 

अमेरिकाको एफ–२२ र्‍याप्टर स्टेल्थ फाइटरसँग स्तर मिल्ने गरी रुसले यो विमान बनाएको हो । यसलाई ध्वनिको गतिभन्दा द्रुत बनाउने क्षमता पनि विकासकै क्रममा छ । 

नयाँ युद्धविमानको नाम सार्वजनिक गरिएको छैन । यसको क्षमता र तैनाथीको सम्भावनाका विषयमा केही खुलाइएको छैन । 
 

salt training

कमेन्ट गर्नुहोस्