२५ असार २०८३, बिहीबार

देउवालाई विश्वासको मत दिन्छौं : रामकुमारी झाँक्री

देउवालाई विश्वासको मत दिन्छौं : रामकुमारी झाँक्री

एमाले नेत्री रामकुमारी झाँक्रीले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने बताएकी छन् । 

उनले सर्वोच्च अदालतले परमादेशको आदेश जारी गरेपछि बनेको सरकार र प्रधानमन्त्रीलाई विश्वासको मत दिनु आफूहरूको कर्तव्य भएको बताएकी हुन् । 

७६(५) को प्रधानमन्त्रीका लागि शेरबहादुर देउवालाई समर्थन गरेको भन्दै उनले १४९ जनाको समर्थन हुँदा पनि राष्ट्रपतिबाट नियुक्ति नभएपछि १४६ जना सदस्यहरू सर्वोच्च अदालतको ढोका ढक्ढकाउन पुगेको उनले सामाजिक सञ्जालमा लेखेकी छन् ।   

‘अदालतले परमादेशको आदेश जारी गरेपछि बनेको सरकार र प्रधानमन्त्रीलाई विश्वासको मत दिनु हाम्रो कर्तव्य हो। सकिन्छ नेकपा एमालेले संस्थागत निर्णय गरी फ्लोरमा बसेर विश्वासको मतको पक्षमा भोट हालौँ,’ उनले भनेकी छन् । 

त्यस्तै उनले त्यसो गर्न नसकिए सांसदहरूलाई संसदको पूरा कार्यकाल सञ्चालन गर्न सबैले विवेक प्रयोग गरी पक्षमा भोट हाल्न आह्वान गरेकी छन् । ‘यदि त्यो पनि भएन भने हामी २३ जना निवेदनकर्ताले भोट हाल्नु त हाम्रो कर्तव्य नै हो। हामीले विश्वासको मतको पक्षमा भोट हाल्नेछौँ ।’

salt training

कमेन्ट गर्नुहोस्