२९ जेठ २०८३, शुक्रबार

कांग्रेस—माओबादी संयुक्त प्यानलले रुरुलार्इ नमुना बनाउने

कात्तिक २०, २०७४
 कांग्रेस—माओबादी संयुक्त प्यानलले रुरुलार्इ नमुना बनाउने
गुल्मी, जेठ २६ - गुल्मीको रुरु गाउपालिकाकालाई देशकै नमुना बनाउने कांग्रेस—माओबादी संयुक्त प्यानलका उम्मेदबारले बताएका छन् ।

शुक्रबार बुटवलमा प्रचारप्रसार तथा भेटघाट कार्यक्रममा बोल्दै गाउपालिकाका अध्यक्षका उम्मेदबार नेकपा माओबादी केन्द्रका युवा नेता समेत रहेका यदु ज्ञवालीले रुरुमा एमालेले दम्भ र घमण्ड प्रदर्शन गरेकोले कांग्रेस माओबादीको एकताले एमालेलाई साइजमा ल्याएर आफुहरु बिजयी हुने दाबि गरे ।

ज्ञवालीले रुरु गाउपालिका धार्मिक तथा ऐतिहासिक महत्वको गांउपालिका भएकाले दीर्घकालिन बिकासका लागि आफुहरुले खानेपानी,सडक कालोपत्रे,खेलकुद क्षेत्र,रिङरोड सहितको एजेण्डा अगाडि सारेकोले जित निश्चित भएको बताए ।

उनले युवाको नेतृत्वमा भएको चुनाबी तालमेलले रुरु गांउपालिकाको मुहार फेर्ने दाबि गरे ।

गाउपालिकाका उपाध्यक्ष नेपाली कांग्रेसका नेता देबेन्द्र मल्लले बिकास र समृद्धिका लागि आफुहरुको जित अनिबार्य भएको बताए ।

मल्लले बिकासका नाममा एमालेले गुल्मीमा सिन्को सम्म नभांचेको तर गलत प्रचारबाजी गरिरहेको दाबि गरे ।

सो अबसरमा रुर ५ का वडा अध्यक्षका उम्मेदबार हरि ज्ञवाली,कृष्ण भण्डारी लगायतले बोल्दै जित अनिर्बाय भएको बताएका थिए ।

रुरु गुल्मीमा माओबादी कांग्रेसले चुनावी तालमेल गरेर चुनावमा होमिएका छन् । रुरु गांउपालिकामा ६ वटा गांउपालिकाछन् ।

salt training

कमेन्ट गर्नुहोस्