१० साउन २०८३, आइतबार

पौडेलले किन दिएनन् प्रधानमन्त्री भएकोमा देउवालाई बधाई ? सीतादेवीले पूरा गरिन् औपचारिकता !

कात्तिक २०, २०७४
पौडेलले किन दिएनन् प्रधानमन्त्री भएकोमा देउवालाई बधाई ? सीतादेवीले पूरा गरिन् औपचारिकता !
काठमाडौं २६ जेठ– शुक्रवार व्यबस्थापिका संसद्मा नवनिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई दिने कार्यक्रम थियो । संसद्को पहिलो पार्टी वा प्रमुख प्रतिपक्षी दललाई शुरुमा बोल्न दिने सामान्य संसदीय परिपाटि हो । तर, शुक्रवारको संसद् बैठकमा सभामुख ओनसरी घर्तीले संसद्का साना दललाई शुरुमा बधाइ दिने अवसर दिइन् ।

थरुहट पार्टीबाट संसद्मा आएर अहिले नयाँ शक्तिमा प्रवेश गरेकी गंगा चौधरीबाट शुरु भएको बधाई मन्तव्य कांग्रेस कोषाध्यक्ष सीतादेवी यादवमा पुगेर टुंगियो ।

प्रधानमन्त्री निर्वाचित भएपछि संसद्मा बधाइ दिने र संसदीय दलका नेताले बोल्ने सामान्य संसदीय परम्परा हो । तर शुक्रवार काग्रेसका अन्य नेताहरु उपस्थित भएपनि शेरबहादुर देउवालाई बधाई दिन सीतादेवी संसद्को रोष्टममा उभिइन् ।

बरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला लगायत नेताहरु उपस्थित भएपनि देउवालाई बधाई दिन अरुबेला बिरलै संसद्मा बोल्ने सीतादेवीलाई जिम्मा दिइयो ।

कांग्रेस कोषाध्यक्ष सीतादेवीले प्रधानमन्त्री देउवालाई ‘दाई’ सम्वोधन गरेरै बधाइ दिइन् । ‘देउवा दाईलाई बधाई र शुभकामना दिन चाहान्छु, कार्यकाल सफल, नेपालीको लागि एकदमै राम्रो होस विश्वास लिएको छु’ सीतादेवीले भनिन्, ‘शेरहादुर दाई बुद्धिमान हुनुहुन्छ, जनताका माग पूरा गर्नुहुन्छ, आशा र विश्वास लिएको छु ।’

उनले आफूअघि बोलेका पूर्वसभामुख एमालेका नेता सुवासले नेम्वाङले अरु कुरा गरेपनि संविधान संशोनधको पक्षमा केही नबोलेको भन्दै गुनासो गरिन् । ‘उहाँहरुको हातमा चावी छ, म एमालेको साथीहरुलाई अनुरोध गर्न चाहान्छु, छिट्टै संविधान संशोधन गरेर कार्यान्वयन गर्नुस ।’

संसद्मा देउवालाई बधाई दिन सीतादेवीलाई पठाउनुमा देउवाप्रति पौडेल पक्षको असन्तुष्टिको रुपमा हेरिएको कांग्रेस बृत्तमा चर्चा छ । देउवाले एकलौटी गरेको भन्दै पौडेल पक्षले सरकारमा मन्त्री पठाएको छैन् । पौडेल समूहले प्रधानमन्त्री एवं पार्टीसभापति देउवाले मन्त्री छनोटमा एकलौटी गरेको भन्दै विरोध जनाएको छ ।
संसदमा यादव

प्रधानमन्त्रीको शपथ ग्रहण मै सहभागी नहुने निर्णय गरेको पौडेल पक्षलाई मनाउन देउवाले फोन गरेर शपथमा उपस्थित हुन आग्रह गरेका थिए । आगामी दिनमा छलफल गरेर अघिबढ्ने बताएपनि मन्त्री छनोटमा दुई पक्षबीच कुरा मिल्न सकेको छैन ।

प्रधानमन्त्रीमा देउवाको उम्मेदवारीको समर्थन गरेका पौडेलले संसदमा समर्थन गर्दै कांग्रेसको नेतृत्वमा निकाश पाउने बताएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्