०८ असार २०८३, सोमबार

हाम्रोपात्रोबाट देवकोटाको बिदाइ

हाम्रोपात्रोबाट देवकोटाको बिदाइ

हाम्रोपात्रोबाट सन्तोषकुमार देवकोटालाई बिदाइ गरिएको छ । काठमाडौंको म्यारियट होटलमा हाम्रो पात्रोका संस्थापक शंकर उप्रेतीले देवकोटाको बिदाइ गरेका हुन् । 

उप्रेतीले ८ वर्ष लामो सहकार्यका लागि धन्यबाद दिँदै उनको योगदानलाई संस्थाले सम्झिरहने भन्दै नयाँ यात्राका लागि शुभकामना दिए ।  

बिदाइ कार्यक्रममा देवकोटाले हाम्रो पात्रोको सफलताको कामना गरे । उनले हाम्रो पात्रोमा आफ्नो समय अविस्मरणीय रहेको जानकारी गराए । 

नयाँ अध्याय प्रारम्भ गर्न लागेको र सबैबाट सद्भाव र सहयोगको अपेक्षा गरेको पनि उनले बताए ।

salt training

कमेन्ट गर्नुहोस्