२८ जेठ २०८३, बिहीबार

तनहुँका २ स्थानीय तहको कोभिड कोषमा ५० लाख रुपैयाँ सहयोग

साउन ४, २०७८
तनहुँका २ स्थानीय तहको कोभिड कोषमा ५० लाख रुपैयाँ सहयोग
प्रतिकात्मक तस्वीर

सूर्य नेपाल प्रालिले तनहुँका २ स्थानीय तहको कोभिड कोषमा ५० लाख रुपैयाँ सहयोग गरेको छ ।

शुक्लागण्डकी नगरपालिका र म्याग्दे गाउँपालिकाको कोभिड प्रकोप व्यवस्थापन कोषमा सूर्य नेपालले ५० लाख सहयोग गरेको हो । 

सूर्य नेपालले शुक्लागण्डकीलाई ३० लाख र म्याग्दे गाउँपालिकालाई २० लाख रुपैयाँ सहयोग गरेको जनाएको छ ।

सूर्य नेपाल प्रालि तनहुँका कारखाना व्यवस्थापक बाबुराम कार्कीले सम्बन्धित पालिकाका प्रमुख र अध्यक्षलाई चेक हस्तान्तरण गरेका हुन् ।

सो अवसरमा कार्कीले कम्पनीले यस क्षेत्रमा गरेका विभिन्न सहयोगको चर्चा गर्दै भविष्यमा पनि सहयोग जारी रहने प्रतिबद्धता जनाए । कम्पनीका मानव संशाधन प्रमुख अञ्जन दुवाडीले यस क्षेत्रको दीर्घकालीन विकासका लागि स्थानीय तहसँग सहकार्य गर्दै अघि बढ्न सूर्य नेपाल सदैव तयार रहेको बताए ।

शुक्लागण्डकी नगरपालिका तथा र म्याग्दे गाउँपालिका प्रमुख, उपप्रमुख तथा प्रमुख प्रशासकीय अधिकृतले सूर्य नेपाल प्रालिले यस क्षेत्रको सामाजिक आर्थिक विकासमा गरेको योगदानको उच्च प्रशंसा गर्दै भविष्यमा पनि सहयोगको अपेक्षा गरेको बताए ।

सूर्य नेपालले गत वर्ष पनि शुक्लागण्डकी नगरपालिकाको कोभिड प्रकोप व्यवस्थापन कोषमा १० लाख तथा ७ वटै प्रदेशमा १/१ करोड प्रदान गरेको थियो ।

सूर्य नेपालले यस क्षेत्रमा आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत सामाजिक कार्यहरू गर्दै आइरहेको छ । 

कम्पनीले गत आर्थिक वर्षमा म्याग्दे गाउँपालिका र शुक्लागण्डकी नगरपालिकालाई १/१ थान एम्बुलेन्स प्रदान गरेको थियो । कोभिड–१९ को रोकथाम तथा उपचारका लागि यस क्षेत्रका विभिन्न अस्पताल तथा स्थानीयलाई स्वास्थ्य सामग्री वितरण गर्दै आएको छ ।

salt training

कमेन्ट गर्नुहोस्