
सरकारले सिन्धुपाल्चोक र मनाङ जिल्लालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ ।
सोमवार बसेको मन्त्रिपरिषद् बैठकले संकटग्रस्त क्षेत्र घोषणा गरेको हो ।
सरकारका प्रवक्ता कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन ऐन २०७४ अनुसार सिन्धुपाल्चोक तथा मनाङलाई २०७८ असोज मसान्तसम्म लागू हुने विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएको जानकारी दिए ।
केही हप्ताअघि सिन्धुपाल्चोक र मनाङ जिल्लामा आएको बाढीपहिरोले ठूलो जनधनको क्षति गरेको थियो ।