३० जेठ २०८३, शनिबार

जापान पठाइदिने भन्दै ४० लाख ठगी, ४ जना पक्राउ

साउन ४, २०७८
जापान पठाइदिने भन्दै ४० लाख ठगी, ४ जना पक्राउ
प्रतिकात्मक तस्वीर

नेपाल प्रहरीले जापान पठाइदिने भन्दै विभिन्न व्यक्तिसँग ३९ लाख ६८ हजार ९९६ रुपैयाँ ठगी गर्ने ४ जनालाई पक्राउ गरेको छ । 

महानगरीय अपराध महाशाखा नयाँ बानेश्वरको टोलीले सामाजिक सञ्जालको प्रयोग गरी विभिन्न व्यक्तिसँग ठगी गर्ने मकवानपुरका ३७ वर्षीय शुभद्रा परियार, ईलामका ३३ वर्षीय पुजा राई, सिन्धुपाल्चोकका ३३ वर्षीय राजेन्द्र ढकाल र भक्तपुरका २१ वर्षीय दीपिका केसीलाई सोमवार काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरेको हो । 

सामाजिक सञ्जाल फेसबूकमा ‘टानाकायोका’को नामबाट फेसबूकको प्रयोग गरी आफू जापानको अध्यागमनमा काम गर्ने नागरिक हो भन्दै ‘वर्किङ भिसा’ प्रक्रियाका लागि रकम पठाउनुपर्छ भनी ठगी गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । 

उनीहरूले पीडितलाई पैसा आफ्नो खातामा राख्न लगाएर जापान नपठाइ ठगी गरेको प्रहरीको भनाइ छ । पक्राउ परेका चारै जनालाई आवश्यक अनुसन्धान तथा कारवाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाएको महाशाखाले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्