
काठमाडौं, १४ पुस –भूकम्प प्रभावित विभिन्न जिल्लामा खटिएका पुनर्निर्माण प्राविधिकले ७५ प्रतिशतसम्म भत्ता पाउने भएका छन् ।
बिहीवार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा बसेको मन्त्रीपरिषद् बैठकले कार्यसम्पादनका आधारमा ग्रामिण क्षेत्रमा खटिने प्राविधिकलाई अधिकतम ७५ प्रतिशतसम्म प्रोत्साहन भत्ता दिने निर्णय गरेको हो ।
त्यस्तै बिहीबारै बसेको मन्त्रीपरिषद्को बैठकले एसियाली विकास बैंकबाट प्राप्त हुने २ अर्ब रुपैयाँ अनुदान स्वीकृत गर्ने निर्णय गरेको छ । उक्त अनुदान रकम शिक्षा क्षेत्रमा लगानी गरिनेछ ।
बैठकले माथिल्लो त्रिशूली ए जलविद्युत् परियोजनाको ड्यामसाइट मर्मतका लागि ६१ करोड १८ लाख रुपैयाँ बजेट विनियोजन गर्ने निर्णय गरेको छ ।
त्यस्तै, बैठकले पोखरा खानेपानी सुधार आयोजनाका लागि ४ अर्ब ४३ करोड रुपैयाँ बजेट बिनियोजन गर्ने निर्णय गरेको छ । प्रमूख सेनानी रबिन्द्र केसीलाई महासेनानीमा बढुवा गर्ने निर्णय पनि बैठकले गरेको छ ।
बैठकले कार्यस्थतमा खटिने मजदूरमा ध्वनी र प्रकाशको प्रदुषणलाई मध्यनजर गरेर त्यसलाई अन्तर्राष्ट्रिय स्तरमा विकास गर्ने र ६ वर्षदेखि नेपाली आकाशको स्याटालाइटको भुक्तान गर्न बाँकी बक्यौता रकम ६३ हजार सात सय डलर भुक्तानी गर्ने निर्णय पनि बैठकले गरेको छ ।
प्रेस काउन्सिलको सदस्यमा नबलकिशोर यादव र संगीता खड्कालाई नियुक्त गरेको सूचना तथा सञ्चार मन्त्री एवं सरकारका प्रवक्ता सुरेन्द्र कार्कीले जानकारी दिए ।