२३ असार २०८३, मंगलबार

देशका धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

देशका धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

मंगलबार मनसुनको न्यून चापीय रेखा नेपालको तराई भूभाग नजिक रहेको छ । जसका कारण हाल देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानहरुमा हल्का  वर्षा भईरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यसैगरी मंगलबार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

बाग्मती,  गण्डकी , लुम्बिनी तथा सुदूरपश्चचिम प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ्ग सहित भारी वर्षाको  सम्भावना रहेको महाशाखाको भनाइ छ ।  

यसैगरी राति देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
गण्डकी  र लुम्बिनी   प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको  सम्भावना रहेको महाशाखाले जनाएको छ।

salt training

कमेन्ट गर्नुहोस्