१३ असार २०८३, शनिबार

मोटरसाइकलमै मृत अबस्थामा भेटिए न्यौपाने

मोटरसाइकलमै मृत अबस्थामा भेटिए न्यौपाने

विराटनगर–५ बिजुली अफिस अगाडि मोटरसाइकलमा बसिरहेकै अबस्थामा मृत भेटिएका विराटनगर–५ मुनालपथका ४८ सुदर्शन न्यौपानेको हत्या भएको हुनसक्ने आफन्तले आशंका गरेका छन् ।

को४प २३१६ नम्बरको मोटरसाईकलमा सोमवार राति न्यौपानेको शब भेटिएको थियो ।

मृतकका भतिजा सन्तोष न्यौपानेले कसैले दुर्घटना गराएर मोटरसाइकल माथि राखिदिएको हुनसक्ने आशंका गरेका छन् ।

‘मृतकको शरिरमा चोटपटक देखिनुका साथै कपडा च्यातिएको र दाहिने हातमा चोट र रगतको टाटा देखिएको प्रत्यक्षदर्शी बताउँछन् । मृतकको पत्नी, दुई छोरा र एक छोरी रहेका छन् ।

यता प्रहरीले भने उनको हत्या नभएको जनाएको छ ।

प्रारम्भिक अनुसन्धान गर्दा हत्या भएको नदेखिएको जिल्ला प्रहरी कार्यालय मोरङका एसपी जनार्दन जिसीले बताएका छन् । 

घटनाबारे थप अनुसन्धानलाई अगाडि बढाएको प्रहरीले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्