२१ जेठ २०८३, बिहीबार

चुडामणि शर्मालाई थप ६ दिन हिरासतमा राखेर अनुसन्धान गरिने

कात्तिक २०, २०७४
चुडामणि शर्मालाई थप ६ दिन हिरासतमा राखेर अनुसन्धान गरिने

काठमाडौं, २६ जेठ –भ्रष्टाचार अभियोगमा पक्राउ परेका आन्तरिक राजश्व विभागका महानिर्देशक चुणामणि शर्मालाई थप ६ दिन हिरासतमा राखेर अनुसन्धान गरिने भएको छ । विशेष अदालतले शर्मामाथिको अनुसन्धान प्रक्रियाका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई उक्त समय थप्न अनुमति दिएको हो ।

शर्मामाथि अनुसन्धानका लागि गत आईतवार ७ दिनको समय दिइएको थियो ।

शर्मामाथि अनुसन्धानका लागि १ महिनाको समय माग गरेकामा अदालतले ६ दिनको समय दिएको अख्तियारका सहप्रवक्ता खगेन्द्रप्रसाद रिजालले जानकारी दिए ।  

अनुसन्धानको गाम्भिर्य हेरेर म्याद थपको अनुमति दिइएको हो ।

राजश्व हिनामिना गरेको आरोपमा आयोगले गत शुक्रवार शर्मालाई नियन्त्रणमा लिएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्