०१ असार २०८३, सोमबार

ललितपुरमा आज जोन्सन एण्ड जोन्सनको खोप लगाइँदै

साउन ५, २०७८
ललितपुरमा आज जोन्सन एण्ड जोन्सनको खोप लगाइँदै
प्रतिकात्मक तस्वीर

ललितपुर महानगरपालिकासहित गोदावरी नगरपालिका, महालक्ष्मी नगरपालिका र दक्षिण ललितपुरको महाँकाल गाउँपालिकामा मंगलवार जोन्सन एण्ड जोन्सनको खोप लगाइने भएको छ ।

मुलुकमा फैलिरहेको कोरोना महामारीबाट ५०–५४ वर्ष उमेर समूहका नागरिकलाई जोगाउन सो खोप लगाउन लागिएको हो ।

महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशप्रसाद अर्यालले जारी गरेको सूचनामा महानगरपालिकाअन्तर्गत सरकारी कार्यालयमा कार्यरत कर्मचारीका साथै स्वास्थ्य र सरसफाइकर्मी अनि विदेश जान प्रवेशाज्ञा लिइसकेका व्यक्तिलाई समेत सो खोप उपलब्ध गराइने उल्लेख छ ।

गोदावरी नगरपालिका र महाँकाल गाउँपालिकाले जारी गरेको सूचनामा भने पूर्ण तथा अति अशक्त अपाङ्गता भएका नागरिकका साथै हाल नेपालमा बसोबास गरिरहेका शरणार्थीलाई समेत सो खोप दिइने जनाइएकोे छ ।

महालक्ष्मीले सोमवारदेखि शुरू गरेको खोप अभियानमा सोमवार खोेप लगाउन छुटेका सो उमेर समूहका व्यक्तिलाई खोप लगाइने जारीे सूचनामा उल्लेख छ । 

ललितपुरमा दिइने जोन्सन एण्ड जोन्सनको खोप निरीक्षण गर्न सोमवार प्रधानमन्त्री शेरबहादुर देउवाका साथै नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरीले महानगपालिका–१ कुपण्डोलमा रहेको खोप केन्द्रको व्यवस्थापनबारे जानकारी लिएका थिए । – सुभानु आचार्य/रासस

salt training

कमेन्ट गर्नुहोस्