०२ असार २०८३, मंगलबार

अकलादेवी मन्दिरको मूर्ति चोरी

साउन ५, २०७८
अकलादेवी मन्दिरको मूर्ति चोरी
प्रतिकात्मक तस्वीर

तनहुँको म्याग्दे गाउँपालिका–६ स्थित अकलादेवी मन्दिरको मूर्ति सोमवार राति चोरी भएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले कुकुर सहितको टोलीले मंगलवार बिहानदेखि अनुसन्धान थालिसकेको जानकारी दिए । 

उनका अनुसार मन्दिरमा भक्तजनले चढाएका ३/४ वटा मूर्ति चोरी भएको छ । मन्दिरको मुख्य मूर्ति भने सुरक्षित रहेको उनले बताए ।

‘मन्दिरमा पनि तोडफोड भएको छ,’ उनले भने, ‘अनुसन्धानबाट सबै कुरा पत्ता लगाउने काम थालेका छौं ।’ 

पृथ्वी राजमार्गसँगै जोडिएको मन्दिर हिन्दू धर्मावलम्बीको पवित्र धार्मिकस्थल हो । यहाँ पूजाआजा गर्नका लागि छिमेकी जिल्लाबाट पनि भक्तजन आउने गर्दछन् । 

salt training

कमेन्ट गर्नुहोस्