३० जेठ २०८३, शनिबार

महामारीले दुई वर्षदेखि खेलकुद गतिविधि ठप्प, प्रयोगमा आएनन् संरचना

महामारीले दुई वर्षदेखि खेलकुद गतिविधि ठप्प, प्रयोगमा आएनन् संरचना

कोरोना महामारीले खेलकुद गतिविधि ठप्प छ । खेलकुद संरचना पनि प्रयोगमा आउन सकेका छैनन् । 

दुई वर्षदेखि सीमित मात्र खेलकुद गतिविधि भएको छ । केही प्रयोगमा आए पनि अधिकांश खेलकुद संरचना प्रयोगविहीन भएका छन् । 

तर, राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले आफू मातहतमा रहेका संरचना धेरै स्थानमा व्यवस्थित भएको दाबी गरेको छ । 

७७ वटै जिल्लामा राष्ट्रिय खेलकुद परिषदका संरचना छन् । केही संरचनाको आफ्नै नाममा लालपूर्जा छ भने केही भोगचलनको आधारमा सञ्चालन भइरहेका छन् । तर, पछिल्लो समय कोरोनाका कारण केही संरचना प्रयोगमा आएका छैनन् । 

सबै ठाउँका पूर्वाधार अन्तर्राष्ट्रिय मापदण्डअनुसार भएको र केही ठाउँमा व्यवस्थित गर्न बाँकी रहेको खेलकुद विभाग प्रमुख कुलबहादुर थापाले बताए ।

देश अहिले संघीय संरचनामा छ । तर, राखेपले भने अझै आफ्ना गतिविधि संघीय ढाँचामा सञ्चालन गर्न सकेको छैन । 

जारी भएको नयाँ खेलकुद ऐनमा नियमावली बन्न बाँकी छ भने राखेपको बोर्ड बैठक गठन भएपछि एक पटक पनि बस्न सकेको छैन । जसकारण पूर्वाधार निर्माणका कामदेखि संघीय ढाँचामा ढाल्न राखेपलाई ढिलाइ भइरहेको छ ।

‘विनियोजन भएको बजेट अपर्याप्त हुँदा फ्रिज भइरहेको छ । रंगशाला र बृहत् रंगशाला एकैपटक निर्माण गर्न पर्याप्त बजेट नहुँदा समयमा पूरा गर्न सकिएको छैन,’ खेलकुद विभाग प्रमुख थापाले भने । 

उनले राखेप पनि छिट्टै नयाँ संरचना जाने बताएका छन् । हरेक वर्ष बजेट भाषणमा देशका विभिन्न रंगशाला निर्माणका लागि बजेट विनियोजन गरिने भनिए पनि खण्ड–खण्डमा आउने बजेटले राष्ट्रिय गौरवको योजना समयमा सम्पन्न हुन ढिलाइ भएको थापाको भनाइ छ । 

मूलपानी क्रिकेट मैदानमा बाटो र सानो वस्तीका कारण सम्पन्न हुन ढिलाइ भएको बताउँदै थापाले पोखरामा नवौँ राष्ट्रिय खेलकुद गर्नका लागि केही मात्र पूर्वाधार आवश्यक भएको बताए । 

अहिले पोखरा रंगशाला बनाउने काम तीव्र गतिमा अगाडि बढेको भन्दै थापाले सुटिङ हल, पौडी पोखरी र फ्लड लाइट राख्ने काम यसै वर्ष हुने बताए ।

salt training

कमेन्ट गर्नुहोस्