
नेपाली कांग्रेसको क्रियाशील सदस्यतामा धाँधली भएको भन्दै केन्द्रीय कार्यालय सानेपामा धर्ना दिइएको छ ।
धनुषाका नेता कार्यकर्ता आमरण अनशनमा बसेका छन् । बारा र सर्लाहीका धर्नामा बसेका छन् ।
कांग्रेसका नेता डा. शेखर कोइरालाले उनीहरूको मागप्रति ऐक्यबद्धता जनाएका छन् ।

पार्टीको विधानभन्दा बाहिर गएर पार्टी कब्जा गर्ने मनसायले मनोमानी ढंगले सदस्यता बाँडिएको भन्दै उनले कुनै पनि हालतमा स्वीकार्य नहुने बताए ।
‘विधानविपरीत बाँडिएका क्रियाशील सदस्यता खारेज हुनुपर्छ,’ उनले भने ।
पार्टीको कुनै पनि तहमा बसेर काम गर्ने साथीहरूमाथि हुने अन्याय सहेर नबस्ने उनको भनाइ छ । उनले धाँधली विरुद्धको लडाइँमा आफूले अन्तिमसम्म साथ दिने प्रतिबद्धता जनाएका छन् ।
