२८ जेठ २०८३, बिहीबार

नेपाल समूहले भोलि सांसद र केन्द्रीय सदस्यको भेलामा ‘निर्णायक’ छलफल गर्ने

नेपाल समूहले भोलि सांसद र केन्द्रीय सदस्यको भेलामा ‘निर्णायक’ छलफल गर्ने
फाइल फोटो

नेकपा एमालेमा चर्किएको विवादबीच नेता माधवकुमार नेपाल समूहले भोलि बुधवार ‘निर्णायक’ छलफल गर्ने भएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका २२ सांसदसँग मंगलवार छलफल गर्दै नेता नेपालले बुधवार केन्द्रीय सदस्यसहित छलफल गर्ने बताएका छन् ।

नेपाल समूहको निर्णायक बैठक बुधवार बिहान ११ बजे बस्ने एक सांसदले लोकान्तरलाई जानकारी दिए । अध्यक्ष केपी शर्मा ओलीसँग सहमति गर्ने वा छुट्टै पार्टी बनाउने भन्नेबारे निर्णायक छलफल हुने जनाइएको छ ।

प्रधानमन्त्री देउवालाई विश्वासको मत दिएका सांसदसँग नेता नेपालको छलफल काठमाडौंको अर्याल होटलमा जारी छ ।

salt training

कमेन्ट गर्नुहोस्