०८ साउन २०८३, शुक्रबार

माओवादी केन्द्रद्वारा बजेट कार्यान्वयन गर्न विषयगत समिति गठन

साउन ५, २०७८
माओवादी केन्द्रद्वारा बजेट कार्यान्वयन गर्न विषयगत समिति गठन

सत्तारुढ नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेशसभा संसदीय दलले बजेट कार्यान्वयन गर्न विषयगत समिति गठन गरेको छ ।

अध्यादेशमार्फत ल्याइएको चालू आव २०७८/७९ को बजेट कार्यान्वयन गर्न माओवादी केन्द्रले सात वटा विषयगत समिति निर्माण गरी प्रदेशसभा सदस्यलाई जिम्मेवारी बाँडफाँड गरेको हो ।

माओवादी केन्द्र संसदीय दलद्वारा आयोजित पत्रकार सम्मेलनमा उक्त दलका प्रमुख सचेतक ठम्मरबहादुर विष्टले प्रतिपक्षी दलको अवरोधका कारण सदनमा बजेटमाथि छलफल हुन नपाएपछि विषयगत रुपमा सरकारलाई सुझाव दिन समिति गठन गरिएको बताए ।

समिति गठन भए पनि संयोजक चयन भने दलको आगामी बैठकमा हुने बताइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्