२५ असार २०८३, बिहीबार

बेइजिङमा ९० प्रतिशतभन्दा बढी वयस्कलाई कोभिड–१९ विरूद्धको खोप दिइयो

साउन ५, २०७८
बेइजिङमा ९० प्रतिशतभन्दा बढी वयस्कलाई कोभिड–१९ विरूद्धको खोप दिइयो

चीनको राजधानी बेइजिङमा १८ बर्षमाथिका ९० प्रतिशत व्यक्तिलाई कोभिड–१९ विरूद्धको दुबै खोप लगाइसकिएको स्थानीय अधिकारीले बताएका छन् ।

प्राप्त जानकारी अनुसार बेइजिङमा एक करोड ७६ लाखभन्दा बढी बयस्क व्यक्तिलाई खोप लगाइएको बेइजिङको स्थानीय प्रशासनले पुष्टि गरेको छ । यो सङ्ख्या बेइजिङको बयस्क नागरिकको जनसङ्ख्याको ९०.६ प्रतिशत हो ।

नगरपालिका प्रशासनले भनेको छ, “चिनियाँ राजधानीमा जन–खोप अभियान अन्तर्गत कोभिड–१९ विरूद्धको तीन करोड ६१ लाखभन्दा बढी खोपको मात्रा लगाइसकिएको छ । यो सङ्ख्या वयस्क सङ्ख्याको ९५.६  हो अर्थात् बेइजिङमा ९५ प्रतिशतभन्दा बढी बयस्क व्यक्तिलाई कम्तीमा एक मात्रा खोप लगाइएको छ ।

बेइजिङमा मङ्गलबारदेखि १२ बर्षदेखि १७ बर्ष उमेर समूह (नाबालिग) लाई कोभिड–१९ विरूद्धको खोप लगाउन थालिएको नगर प्रशासनले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्