×

NMB BANK
NIC ASIA

देउवा अब हिरो बन्ने कि जिरो बन्ने उनकै निर्णयमा निर्भर

साउन ६, २०७८

NTC
Premier Steels

प्रधानमन्त्री शेरबहादुर देउवालाई सच्चिने र सच्याउने अवसर रहेको नागरिक दैनिकमा खबर छापिएको छ ।

Muktinath Bank

संविधान, कानुनअनुसार राज्य सञ्चालन हुन्छ कि प्रधानमन्त्रीले विधि, प्रक्रिया र कानुन मिचेर अघि बढ्छन् त्यो नै सबैभन्दा महत्वपूर्ण विषय हो। प्रतिनिधिसभामा विश्वासको मत लिने क्रममा देउवाले रेशम चौधरीलाई छुटाउने मन भए पनि आफू विधि, प्रक्रिया र कानुनभन्दा बाहिर जान नसक्ने बताएका छन्।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

साँच्चै देउवाले विधि, प्रक्रिया र कानुनलाई आत्मसात् गर्नका लागि त्यसो भनेका हुन् वा उल्लंघनका लागि आमजनताले आशंका गरेका छन्।


Advertisment
Nabil box
Kumari

किनकी देउवा प्रधानमन्त्रीमा नियुक्त भएकै भोलिपल्ट ललिता निवास जग्गा प्रकरणका आरोपी कांग्रेस उपसभापति विजयकुमार गच्छदार विशेष अदालतमा हाजिर भए। त्यतिमात्र होइन, दस लाख रूपैया धरौटीमा रिहा भए गच्छदार। देउवा प्रधानमन्त्री हुनु र गच्छदार विशेष अदालतमा हाजिर हुन संयोग हो कि सेटिङ ? प्रधानमन्त्री देउवा र उनको सचिवालयको मौनताले प्रश्न उब्जाएको छ।  

Vianet communication

त्यतिमात्र होइन, जेलमा रहेका निलम्बित सांसद अफ्ताव आलमलाई छुटाउन सरकार लागिपरेको बताइएको छ। त्यस्तो हो भने जिरोमा रहेका देउवा माइनसमा झर्नेछन्। सरकार भ्रष्टाचारी, अपराधी र ठेकेदारको संरक्षणमा मात्र सक्रिय भयो भने पाँचपटक प्रधानमन्त्री भएका देउवाका लागि छ पटक प्रधानमन्त्री बन्ने ढोका बन्द होला। तर कांग्रेस र गठबन्धनमा सहभागी दलप्रति जनतामा अलिअलि पलाएको विश्वास टुट्नेछ।

अब डेढ वर्षमा हुने तीन तहको निर्वाचनको परिणाम गठबन्धन सरकारको विपक्षा पुग्नेछ। अनि देउवाका नाममा प्रजातन्त्र राजालाई बुझाएको, प्राडो÷पजेरो र सुरासुन्दरीको संस्कार भित्र्याएर संसदीय प्रजातन्त्रलाई कुरूप बनाएको कलंकमात्र बाँकी रहन्छ। कमजोर अंक गणित (संसद्मा कांग्रेसको ६३ सिट) भए पनि प्रतिनिधिसभामा बलियो समर्थन प्राप्त देउवालाई विगतको छवि सच्याएर हिरो बन्ने अवसर आएको छ। देउवा अब हिरो बन्ने कि जिरो बन्ने उनकै निर्णयमा भर पर्नेछ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x