
मकवानपुरको मनहरि गाउँपालिका–८ हेटौंडा–नारायगढ सडकखण्डको सिमपानीमा रोकिराखेको एक ट्रकमा अवैधरूपमा ल्याइएको लागूपदार्थ गाँजा फेला परेपछि ट्रकसहित चालकलाई स्थानीय प्रहरीले नियन्त्रणमा लिएको छ ।
मनहरिका प्रहरीले बिहान ३ बजे सडकमा रोकिराखेको ना८ख ८२८४ नम्बरको ट्रकभित्र खानतलासी गर्दा ८१ किलो ३५० ग्राम गाँजा फेला पारेकाले चालकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता जयश्वर रिमालले बताए ।
ट्रक चालक मकवानपुरकै राक्सिराङ गाउँपालिका–४ बस्ने ३५ वर्षीय बाबुराम नेगी रहेका र घटनाबारे अनुसन्धान भइरहेको उनले जानकारी दिए ।