१६ असार २०८३, मंगलबार

पूर्वी र पश्चिमी वायुको प्रभावले बद्लीसँगै वर्षा

कात्तिक २०, २०७४
पूर्वी र पश्चिमी वायुको प्रभावले बद्लीसँगै वर्षा


काठमाडौँ, २६ जेठ - पूर्वी वायु र पश्चिमी वायुको प्रभावका कारण आज देशको अधिकांश भागमा बद्लीसँगै केही स्थानमा वर्षा भएको छ ।rain

उक्त वायुको प्रभावले आज काठमाडौँ उपत्यकासहित देशका पूर्वी र पश्चिमी भेगमा बद्लीसँगै वर्षात् भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

दुवै वायुको प्रभावसँगै मनसुनी गतिविधि पनि सक्रिय हुन थालेकाले वर्षात् र बद्ली भएको र यो केही दिन जारी रहने मौसमविद् सुजन सुवेदीले जानकारी दिए ।

उनका अनुसार आज देशका पहाडी भेगमा बद्ली र अन्य स्थानमा आंशिक बद्ली रहेको छ, भने केही स्थानमा वर्षात् भएको छ । शनिबार पहाडका केही भेग र तराईका धेरै स्थानमा वर्षात् हुनेछ ।

काठमाडौँमा अपराह्न भारी वर्षात् भएको छ, जसका कारण उपत्यकाका कतिपय स्थानमा केहीबेर सडक अवरुद्धसमेत भएको थियो । मौसम पूर्वानुमान महाशाखाको विवरणअनुसार काठमाडौँमा ११ मिलिमिटर वर्षात् भएको छ ।

त्यस्तै धरानमा १७ र डडेलधुरामा नौ मिलिमिटर वर्षात् भएको छ । आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १८ र अधिकतम ३० डिग्रीसेल्सियस रहेको छ ।
सन्दर्भ   तस्बिर http://nowiknow.com

salt training

कमेन्ट गर्नुहोस्