०३ असार २०८३, बुधबार

लागूऔषध ओसारपसार आरोपमा १५१ जना पक्राउ, ९९ मुद्दा दर्ता

साउन ६, २०७८
लागूऔषध ओसारपसार आरोपमा १५१ जना पक्राउ, ९९ मुद्दा दर्ता
प्रतिकात्मक तस्वीर

आर्थिक वर्ष २०७७/७८ मा लागूऔषध ओसारपसारमा संलग्न भएको आरोपमा मकवानपुरमा १५१ जना पक्राउ परेका छन् ।

तीमध्ये १३९ नेपाली पुरुष, ९ नेपाली महिला र ३ भारतीय पुरुष छन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार असार महिनामा  ३६, चैतमा २२, जेठमा १५, पुसमा १४, फागुनमा १३ र कात्तिकमा १० जना पक्राउ परेका र अभियोगमा ९९ वटा मुद्दा दर्ता गरिएकोे थियो ।

१ वर्षभित्र १ हजार ७९० किलो गाँजा, साढे २३ किलो चरेस, १४ ग्राम खैरो हिरोइन र १४ किलो ७५० ग्राम अफिम बरामद गरिएको प्रहरी प्रवक्ता जयश्वर रिमालले जानकारी दिए ।

७ हजार ३४७ ट्याब्लेट नाइट्रोभेट, ३०९ ट्याब्लेट डाइजेपाम, २९९ ट्याब्लेट फेनारगन र ३०७ ट्याब्लेट नोर्फिन बरामद गरिएको उनले बताए । प्रहरीले २९६ बोतल कोरेक्स समेत बरामद गरेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्