
एमाले संस्थापन पक्षको केन्द्रीय कमिटीको बैठक शुरू भएको छ ।
सोमवार शुरू भएको केन्द्रीय कमिटीको तेस्रो दिनको बैठक ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको सभाकक्षमा शुरू भएको हो ।
पार्टी विवाद समाधान गर्न कार्यदलले दिएको १० बुँदे सहमति कार्यान्वयन लगायत ९ बुँदे एजेन्डाबारे केन्द्रीय समितिमा छलफल हुनेछ ।
सोमवारको बैठकले कांग्रेस सभापति शेरबहादुर देउवालाई विश्वासको मत दिएका २२ जना सांसदलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । ९ बुँदे एजेण्डामा छलफल भइरहेको पार्टी केन्द्रीय कार्यालयका सचिव एवं केन्द्रीय सदस्य शेरबहादुर तामाङले जानकारी दिए ।
यसैबीच विकसित पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा र भावी रणनीति बनाउन नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको स्थायी कमिटीको बैठक पनि बसिरहेको छ ।