१२ असार २०८३, शुक्रबार
एमाले विवाद

देउवालाई विश्वासको मत दिने सांसदलाई एमालेले सोध्यो यस्तो स्पष्टीकरण [पत्रसहित]

देउवालाई विश्वासको मत दिने सांसदलाई एमालेले सोध्यो यस्तो स्पष्टीकरण [पत्रसहित]

नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने पार्टीका २२ जना सांसदलाई स्पष्टीकरण सोधेको छ । 

वरिष्ठ नेता माधवकुमार नेपालसहित २२ जनालाई स्पष्टीकरण पत्र पठाइएको एमाले स्रोतले लोकान्तरलाई जानकारी दियो । 

साउन ५ गते मंगलवारको मितिमा अध्यक्ष केपी शर्मा ओलीको हस्ताक्षरमा स्पष्टीकरण सोधिएको हो । स्पष्टीकरण पत्रमा देउवालाई विश्वासको मत दिएको बारे केही उल्लेख गरिएको छैन । 

‘पार्टीप्रतिको निष्ठा र विश्वास नरहने गरी भ्रम फैलाई स्वयं पार्टी प्रतिको निष्ठा र विश्वासबाट च्युत भएको, पार्टीको प्रतिष्ठा र मर्यादामा आँच आउने गरी निरन्तर विभिन्न क्रियाकलाप सञ्चालन गरे/गराएको, पार्टी कमिटीको गोपनियता भंग गरे/गराएको, विपक्षीसँग साठगाँठ गरे/गराएको, केन्द्रीय जनप्रतिनिधि संस्था तथा पार्टीको जिम्मेवारीमा रहँदा पार्टी निर्णय र निर्देशनविपरीत विभिन्न कार्य निरन्तर गरिरहेकाले किन कार्वाही नगर्ने,’ स्पष्टीकरण पत्रको बेहोरामा भनिएको छ । 

सोमवार बसेको केन्द्रीय कमिटी बैठकले २२ जनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।

माधव नेपाल पक्षले भने स्पष्टीकरणको नाममा आतंकित बनाउने काम नगर्न ध्यानाकर्षण गराएको थियो । 
 

salt training

कमेन्ट गर्नुहोस्