०२ असार २०८३, मंगलबार

४० भन्दा बढी यात्रु बोकेको विमानको आकस्मिक अवतरण

साउन ६, २०७८
४० भन्दा बढी यात्रु बोकेको विमानको आकस्मिक अवतरण

चालीसभन्दा बढी यात्रु बोकेको एक विमान बुधवार सोमालियाको दक्षिणी भागमा रहेको गेदो क्षेत्रको सैन्य अड्डामा आकस्मिक अवतरण गरेको स्थानीय अधिकारीहरूले पुष्टि गरेका छन् । 

नैरोबीबाट आएको स्काईवार्ड विमान बुराहाचे सैन्य शिविरमा आकस्मिक अवतरण गरेको थियो । त्यो ठाउँ सोमालिया र केन्याको सीमाबाट लगभग १५ किलोमिटर टाढा छ । 

‘घटनामा कोही पनि घाइते भएको छैन,’ पहिचान खुलाउन नचाहने एक स्थानीय अधिकारीले बताए । 

विमान नैरोबीको विल्सन विमानस्थलबाट केन्याकै मान्देरातर्फ जाँदै थियो । 

यान्त्रिक गडबडीका कारण यो घटना भएको स्रोतहरूले बताएका छन् । तर यसमा थप अनुसन्धानका लागि उड्डयनविज्ञहरूलाई पठाइएको छ । 

विमान ल्यान्डिङ गियरमा अवतरण गरेपछि यात्रुहरूलाई हलुका चोट लागेको थियो । ल्यान्डिङ गियरमा आंशिक क्षति पुगेको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्