२१ जेठ २०८३, बिहीबार

माओवादी केन्द्रले बोलायो केन्द्रीय कमिटी बैठक

माओवादी केन्द्रले बोलायो केन्द्रीय कमिटी बैठक

नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कमिटीको बैठक साउन २० गते बस्ने भएको छ । बुधवार पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले केन्द्रीय कमिटी बोलाउने निर्णय गरेको हो । 

साउन २० गते बिहान ११ बजेदेखि शुरू हुने केन्द्रीय कमिटी बैठकको एजेन्डा तय गर्न साउन १७ मा स्थायी कमिटी बैठक बस्ने नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए । 

यस्तै उनले सरकारलाई पूर्णता दिनेबारे गठबन्धनका दलहरूसँग छलफल गरेर टुंगो लगाइने बताए । ‘गठबन्धनको सरकारलाई साझा प्रतिबद्धतामार्फत् अगाडि बढाउनुपर्ने भएकाले न्यूनतम साझा कार्यक्रम तय गर्न पनि बैठकले आह्वान गरेको छ,’ उनले भने, ‘यसका लागि कार्यदलका साथीहरूलाई निर्देशन दिइएको छ ।’

salt training

कमेन्ट गर्नुहोस्