काठमाडौँ, २६ जेठ - नेकपा (एमाले) का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालसँग राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य महेन्द्रराय यादवबीच आज खनाल निवास डल्लुमा समसामयिक राजनीतिक विषयमा भेटवार्ता भयो ।
भेटका क्रममा देशको वर्तमान परिस्थिति, राजनीतिक घटनाक्रम, संविधान संशोधन र निर्वाचनका विषयमा छलफल भएको थियो ।
नेता खनालले आगामी असार १४ मा हुने स्थानीय तहको निर्वाचनमा भाग लिई जनताको मर्म र भावनालाई सम्मान गर्दै अगाडि बढ्न आग्रह गरेको खनालका स्वकीय सचिव कृष्ण भट्टराईले जानकारी दिए ।