०१ असार २०८३, सोमबार

महारानी मन्दिरका १२५ वर्षीय पूजारीको निधन

साउन ७, २०७८
महारानी मन्दिरका १२५ वर्षीय पूजारीको निधन
प्रतिकात्मक तस्वीर

महोत्तरी जिल्लाको महोत्तरी गाउँपालिका–४ डाम्ही गाउँस्थित महारानी मन्दिरका पूजारीको बुधवार बिहान १२५ वर्षको उमेरमा निधन भएको छ ।
    
५० वर्ष अघिदेखि निरन्तर मन्दिरको पूजा गर्दै आएका बाबा वैदेही दासको बिहीवार बिहान ७ बजे निधन भएको हो ।

भारतको आसाम राज्यको कारीकामाख्या मन्दिरमा बसी  तन्त्रविद्या र योगमा सिद्धि प्राप्त गरेका उनी शुरूमा औरही नगरपालिकास्थित सोनासती माता मन्दिरको जंगलमा बस्दै आएका थिए । स्थानीयका अनुसार योग गर्ने उनले बिरामी हुँदा पनि कहिल्यै औषधि प्रयोग गरेका थिएनन् ।
    
पूजारी बाबा वैदेही र माता महारानीको प्रत्यक्ष संवाद हुने गरेको र सो मन्दिरमा असल नियतले वर माग्नेहरूको व्यहोरा बाबा वैदेहीले भनिदिएपछि पूरा हुने विश्वास गरिन्थ्यो । उनको अन्तिम संस्कारका लागि स्थानीय गाउँवासी अहिले मन्दिर प्राङ्गणमा भेला भएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्