भारतका विवादास्पद व्यापारी राज कुन्द्रा अहिले पोर्नोग्राफी धन्धाको केसमा प्रहरी हिरासतमा छन् ।
कुन्द्राको नाम पोर्नोग्राफी धन्धामा मुछिएपछि अनेकौं अभिनेत्रीहरूले उनीमाथि आरोप लगाएका छन् ।
यसैबीच आजतक इन्डिया टुडे ग्रुपले पोर्नोग्राफी धन्धा गर्ने समूहले गरेको सम्झौतापत्रको प्रति भेटेको छ । सम्झौताअनुसार, बोल्ड, इन्टिमेट र न्युड सीनका लागि महिलासँग सहमति लिइन्छ । महिलालाई सम्झौतापत्रमा हस्ताक्षर गर्न लगाइन्छ ।
नग्न भएर शूटिङ गर्न प्रोडक्सन हाउसले कुनै दबाब नदिएको र आफ्नो नग्न दृश्य जहाँ प्रयोग गर्न पनि छुट दिएको विवरण सम्झौतापत्रमा छ । त्यसविरुद्ध महिलाले कतै मुद्दा नालिश गर्न नपाउने शर्त छ ।
अचम्मको कुरा त सम्झौतापत्रमा फिल्म कम्पनीको नामै छैन । अनि दर्ता नम्बर पनि छैन । त्यसमा वेब सिरीजको नाम र सार्वजनिक गरिने मिति पनि दिइएको छैन ।
यस तरिकामार्फत महिलाहरूलाई तारो बनाइने र जबर्जस्ती सम्झौतापत्रमा हस्ताक्षर गराइने गरेको क्राइम ब्रान्चका अधिकारीहरूले बताए ।
