२१ जेठ २०८३, बिहीबार

शिल्पा शेट्टीको योग प्रचारमाथि व्यंग्य : ‘पहिला पतिलाई सिकाऊ’

साउन ७, २०७८
शिल्पा शेट्टीको योग प्रचारमाथि व्यंग्य : ‘पहिला पतिलाई सिकाऊ’
फाइल फोटो

बलिउड अभिनेत्री शिल्पा शेट्टीले सामाजिक सञ्जाल इन्स्टाग्राममा योग सम्बन्धी पोस्ट राख्दा व्यंग्यको शिकार हुनुपरेको छ ।

अश्लील भिडियो बनाएको आरोपमा शिल्पाका पति पक्राउ परेर प्रहरी हिरासतमा रहेका बेला उनले योग सम्बन्धी पोस्ट गरेकी थिइन् ।

सामाजिक सञ्जाल प्रयोगकर्ताले शिल्पालाई व्यंग्य गर्दै पहिला आफ्ना पतिलाई योग सिकाउन भनेका छन् ।

शिल्पाले योग सम्बन्धी भिडियो शेयर गर्दै लेखेकी छन्, ‘हामीमध्ये कसैसँग कुनै बेला आफ्ना आसपास भइरहेका चिज बदल्ने शक्ति हुँदैन । तर हामीसँग आफूभित्र भइरहेको चिजलाई ठीक गर्ने शक्ति अवश्य हुन्छ र यो योगबाटै सम्भव छ । आफ्नो दिमागलाई शान्त राख्न, खराब विचार आउनबाट रोक्न र ध्यानमा केन्द्रित हुन योगबाट सम्भव हुन्छ ।’

सामाजिक सञ्जाल प्रयोगकर्ताले खराब विचारबाट पतिलाई बचाउन योग सिकाउन व्यंग्य गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्