×

NMB BANK
NIC ASIA

टेलिकममा कर्मचारी विनियमावली विवाद : लोकसेवाको निर्णयलाई लिएर व्यवस्थापनसँग रुष्ट !

साउन ७, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

कर्मचारी विनियमावली संशोधनको विषयलाई लिएर नेपाल टेलिकमका कर्मचारीहरू आन्दोलित बनेका छन् । साउन १ गतेदेखि कार्यान्वयनमा आएको संशोधित विनियमावलीलाई लिएर टेलिकमका कर्मचारीहरू आन्दोलित बनेका हुन् ।

Muktinath Bank

नेपाल टेलिकमको कर्मचारी विनियमावली ३ वर्षदेखि संशोधनको प्रक्रियामा रहेको थियो । यद्यपी कर्मचारी र टेलिकम व्यवस्थापनबीच सहमति हुन नसक्दा संशोधन हुन सकेको थिएन ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पछिल्लो पटक टेलिकमका कर्मचारीहरूको युनियन र व्यवस्थापनबीच सहमति जुटेपछि विनियमावली संशोधन गरि सहमतिका लागि लोकसेवा आयोगमा पठाएको थियो ।


Advertisment
Nabil box
Kumari

संगठित संस्थाहरूले कर्मचारी विनियमावली बनाउँदा वा संशोधन गर्दा लोकसेवा आयोगको सहमति लिनुपर्ने व्यवस्था छ ।

Vianet communication
Laxmi Bank

पछि विनियमावलीमा भएको केही व्यवस्थालाई हटाएर वा संशोधन गरेर मात्रै कार्यान्वयन गर्न लोकसेवाले सहमति दिएको थियो । लोकसेवाले भने जसरी विनियमावली बनाउँदा कर्मचारीहरूले विगतदेखि उठाउँदै आएका मागहरू सम्बोधन हुन सकेन ।

पछि विनियमावली भने पारित गरेर कार्यान्वयनमा ल्याउने र त्यसपछि संशोधन प्रक्रिया शुरू गरिहाल्ने सहमति कर्मचारी र व्यवस्थापनबीच भयो । जसको परिणामस्वरुप असार मसान्तमा सो विनियमावली पारित भएको थियो ।

विनियमावली पारित भएपछि तत्कालै संशोधन प्रक्रिया शुरू गर्ने र लोकसेवामा पठाउने भनिएपनि यसो हुन नसक्दा कर्मचारी युनियन आन्दोलनमा होमिनुपरेको नेपाल दूरसञ्चार राष्ट्रिय कर्मचारी संगठनका अध्यक्ष यादव पनेरुले लोकान्तरलाई बताए ।

उनका अनुसार, त्यतिखेर केही संवैधानिक जटिलताका कारण कर्मचारी विनियमावलीलाई पारित गर्न सहमति भएको थियो । तर सहमतिमा अर्को सहमति भने तत्कालै परामर्शका लागि लोकसेवामा पठाउने भनिएकोमा अहिले त्यसलाई कार्यान्वयन गर्न ढिलाइ भएको हो ।

व्यवस्थापनले शुरूमा सहमतिका लागि आग्रह गर्दै अहिले यसलाई पारित गरेर पछि परामर्शको लागि लोकसेवा पठाउन प्रस्ताव गरेको थियो । व्यवस्थापनको सोही प्रस्ताव र संवैधानिक जटिलता हेरेर सहमति दिइएको भएपनि अहिले त्यो कार्यान्वयन हुन नसकेको अध्यक्ष पनेरुको भनाइ छ ।

उनले संशोधित विनियमावलीले कर्मचारीको सेवा सुविधा, तथा अन्य अधिकारका कुराहरू कटौति गरिएको समेत बताए ।

के–के छन् माग ?

संशोधित विनियमावलीमा यसअघिको स्वतः बढुवा (विशेष बढुवा( अनुसार योग्यता भएका कर्मचारीको ८ वर्षमा, सवारी चालकको ९ वर्षमा र योग्यता नभएका, तर काम सन्तोषजनक भएको अवस्थामा १० वर्षमा स्वतः बढुवा पाउने व्यवस्था लोकसेवा आयोगले हटाइदिएको छ ।

तर कर्मचारी युनियनहरूले भने यो पुरानै व्यवस्था लागू हुनुपर्ने र अन्यथा अवस्थामा वैकल्पिक व्यवस्था गर्नुपर्ने माग राख्दै आएका छन् ।

टेलिकम व्यवस्थापनले भने लोकसेवा आयोगले हटाइदिएको व्यवस्थालाई लिएर आन्दोलन गर्नु उचित नभएको बताएको छ ।

टेलिकम उच्च स्रोतले लोकान्तरसँग भन्यो,‘लोकसेवाले नै हटाइदिएको व्यवस्थाको विषयमा आन्दोलन गरेर बिनाकारण व्यवस्थापन पक्षलाई दुःख दिन खोजियो ।’

त्यस्तै प्रबन्ध निर्देशक, उपप्रबन्ध निर्देशक (डीएमडी), निर्देशकजस्ता सिनियर तहका कर्मचारी स्वतः अवकाश हुने पुरानै व्यवस्थालाई निरन्तरता दिनुपर्ने माग ट्रेड युनियनहरूले राखेका छन् ।

यसअघि उपप्रबन्ध निर्देशक ५ वर्ष पुगेपछि तथा निर्देशक ८ वर्षपछि स्वतः अवकाशमा जानुपर्ने व्यवस्था रहेको थियो । नयाँ विनियमावली अनुसार यस किसिमको ‘क्यापिङ’ हटेको छ ।

‘क्यापिङ’ हटाउँदा तल्लो तहका कर्मचारीको वृत्ति विकासमा अवरोध हुने भन्दै कर्मचारीहरूले यसको विरोध गरिरहेका छन् ।

मंगलवार राति डेलिगेसनका लागि भन्दै ट्रेड युनियनका सदस्यहरूले टेलिकमका प्रवन्ध निर्देशक डिल्लीराम अधिकारीलाई रातभर कार्यालयमै राखेका थिए ।

लोकसेवाको व्यवस्था अथवा निर्णयको विरोध गर्दै व्यवस्थापनको विरोध गर्नु उचित नभएको व्यवस्थापन पक्षले बताएको छ ।

टेलिकम व्यवस्थापन स्रोत भन्छ, ‘कतिपय व्यवस्था हटाउने वा संशोधन गर्ने काम लोकसेवाले गरेको छ, सो विषयमा कर्मचारीहरू हामीमाथि खनिनुभयो, यो उचित होइन भन्ने हाम्रो बुझाइ छ ।’

टेलिकम के भन्छ ?

कर्मचारी विनियमावली पारित हुन नसक्दा कर्मचारीको वृत्ति विकास करिब ३ वर्षदेखि रोकिएको थियो ।

‘पछि विनियमावली आवश्यक छ, यसलाई तुरुन्त पारित गर्नुपर्छ भन्ने कुरामा सबैको सहमति भएपछि अहिले यसलाई पारित गरि कार्यान्वयन गरिएको हो,’ नेपाल टेलिकमका प्रवक्ता राजेश जोशीले लोकान्तरलाई बताए ।

उनका अनुसार, विनियमावली लोकसेवाको परामर्शमा बोर्डले स्विकृत गर्ने हो । युनियनहरूसँग तत्कालै परामर्शमा पठाउने भन्ने सहमति भएको र त्यसलाई पारित गरिएको उनले बताए ।

उनले भने,‘यसमा व्यवस्थापनमात्र हैन सञ्चालक समिति पनि संलग्न हुन्छन् । त्यसकारण यसलाई मिलाउन सबै पक्षबाट छलफल भइरहेको छ ।’

उनले छलफलबाट नै यसको समाधान हुने भन्दै कर्मचारी वा युनियनहरूले आन्दोलन गर्नु नपर्ने बताए ।

प्रवक्ता जोशीले भने,‘आन्दोलन भनेर अमानवीय क्रियाकलाप गर्नुहुँदैन, यो त सबैले बुझ्नुपर्छ ।’

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

पुस ८, २०८०

शनिवार राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल उद्योग परिसंघ (सीएनआई)द्वारा विराटनगरमा आयोजित कोशी प्रदेशको दोस्रो पदस्थापन समारोह कार्यक्रममा नेपालको अर्थतन्त्रमा देखिएको समस्याबारे आफू गम्भीर रहेको बताए । उनले आन्त...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x