नेपाल भन्छन्–पार्टी बनाउने कि भत्काउने भन्ने जिम्मेवारी ओलीको

एमालेका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पार्टी बनाउने कि भत्काउने भन्ने जिम्मेवारी अध्यक्ष केपी ओलीको हुने बताएका छन् ।
नेता नेपाल पक्षको युवा सङ्घ नेपाल केन्द्रीय कमिटीले आज भक्तपुरको सूर्यविनायकमा आयोजना गरेको ४३ औँ पुष्पलाल स्मृति दिवस तथा पिपुल्स भोलियन्टर घोषणा कार्यक्रममा बोल्दै उनले कम्युनिष्ट आन्दोलनमा अहिले कालो बादल मडारिएको बताए ।


Advertisement

असल उत्तराधिकारी युवाबाटै जन्मनुपर्छ भन्दै उनले जस्तोसुकै परिस्थितिमा पनि मैदान छाडेर भाग्न हुँदैन भन्ने पढेको र सिकेको बताए । पार्टीभित्र भएका गल्ति कमीकमजोरीलाई समीक्षा गर्दै आत्मालोचना गर्दै लागेको धुलो टकटक्याउँदै फेरि उठेर जनताको माझ जानुपर्छ भन्दै उनले जनताले फेरि कम्युनिष्टलाई सत्ताको नेतृत्वमा पु¥याउने दाबी गरे ।


Advertisement

 


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्