२८ जेठ २०८३, बिहीबार

चितवन निकुञ्जमा भाले गैंडा मृत फेला

साउन ८, २०७८
चितवन निकुञ्जमा भाले गैंडा मृत फेला
प्रतिकात्मक तस्वीर

चितवन राष्ट्रिय निकुञ्जमा भाले गैंडा मृत फेला परेको छ ।

निकुञ्जको धुधौरा क्षेत्रमा बिहीवार अन्दाजी २५–३० वर्षको भाले गैंडा मृत फेला परेको निकुञ्जले जनाएको छ । 

निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार २ वटा भाले गैंडा एकआपसमा जुधेर घटना भएको निकुञ्जको अनुमान छ ।

मृत्यु भएको गैंडाको खाग र खुर सुरक्षित रहेको अधिकारीले बताए ।

यससँगै चितवन राष्ट्रिय निकुञ्जमा चालू आर्थिक वर्ष २०७८/७९ मा ३ वटा भाले गैंडाको मृत्यु भएको छ । 

salt training

कमेन्ट गर्नुहोस्