३० जेठ २०८३, शनिबार

प्रचण्डदेखि विप्लवसम्मका वामपन्थी नेताले एउटै मञ्चबाट सम्बोधन गर्ने

प्रचण्डदेखि विप्लवसम्मका वामपन्थी नेताले एउटै मञ्चबाट सम्बोधन गर्ने

वामपन्थी नेताहरूले आज एउटै मञ्चबाट सम्बोधन गर्दैछन् । 

ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानको कार्यालयमा हुने कार्यक्रमलाई विभिन्न दलका कम्युनिष्ट नेताहरूले सम्बोधन गर्ने भएका हुन् । 

पुष्पलाल मित्रता केन्द्रले ४३ औं पुष्पलाल स्मृति दिवसको अवसरमा ‘नेपाली कम्युनिष्ट आन्दोलनको वर्तमान संकट र आगामी बाटो’ विषयक प्रवचन कार्यक्रमसहितको श्रद्धाञ्जली कार्यक्रम आयोजना गरेको छ । 

सो कार्यक्रममा नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल, नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य, राष्ट्रिय जनमोर्चा नेपाल अध्यक्ष चित्रबहादुर केसी, विप्लव नेतृत्वको नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव, नेकपा (संयुक्त) अध्यक्ष चन्द्रदेव जोशी र नेकपा एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले सम्बोधन गर्ने कार्यक्रम छ । 

कार्यक्रम दिउँसो साढे १२ बजे हुनेछ ।

salt training

कमेन्ट गर्नुहोस्