२६ असार २०८३, शुक्रबार

नेपाली बजारमा आउँदै टिभिएस एनटर्क रेस एडिसन

नेपाली बजारमा आउँदै टिभिएस एनटर्क रेस एडिसन

टिभिएसको कस्टोमर डिमान्डको सोल अथोराइज्ड डिस्ट्रिब्युटरको रुपमा, जगदम्बा मोटर्स प्राइभेट लिमिटेडले टिभिएस एनटर्क रेस एडिसन नेपाली बजारमा सार्वजनिक गर्दैछ ।

‘बेस्ट इन क्लासः पिक अप, पावर, पफर्मेन्स, बेटर द्यान एफआइ’ नाराको साथ नयाँ एडिसन नेपालमा सार्वजनिक गर्न लागेको हो । 

आइतवार साँझ ५ बजे रेड एडिसन लञ्च गरिने कम्पनीले जनाएको छ । 

भर्चुअल लन्च जगदम्बा मोटर्सको अफिसिएल फेसबुक पेजबाट साँझ ५ बजे गरिने कम्पनीको भनाइ छ ।

टिभिएस एनटर्क १२५ स्कूटर, टिभिएस मोटर कम्पनीद्वारा निर्मित रहेको छ । 

फेब्रुअरी २०१८ नेपालमा लन्च गरिएको टिभिएस एनटर्क १२५ को स्कूटरले बजारमा ब्लुटुथ जडित पूर्ण डिजिटल स्पीडोमीटर (नेभिगेसन एसिस्ट्यान्ट, कलर आईडी,स्पीड रेकर्डर, इन–बिल्ट ल्याप–टाइमर र सर्भिस रिमाइन्डरको साथ) इन्जिन किल स्विच, स्टील्थ इन्स्पायर्ड स्टाइलिंग आदि जस्ता सबैभन्दा पहिले दाबी गर्दछ ।

सन् २०१८ मा, टिभीएस एनटर्क १२५लाई नेपालमा पहिलो ब्लुटुथ जडित स्मार्ट स्कूटरको रूपमा सुरू गरिएको थियो र यो नेपालको पहिलो स्मार्ट स्पोर्टी स्कूटरको रूपमा स्थापित गर्न सक्षम भएको कम्पनीले जनाएको छ । 

 केहि वर्षदेखि, ब्रान्ड उद्योगको पहिलो प्रविधि, बेजोड शैली, र चयन अन्तर्राष्ट्रिय बजारहरूमा उत्कृष्ट प्रदर्शनको पर्यायवाचीमा योे स्थापित भएको कम्पनीको भनाइ छ ।

एक वर्ष पछि, सन् २०१९ मा यो नेपालको सबै भन्दा छिटो बृद्धि गर्ने स्कूटरको रुपमा परिचित हुन सफल भएको कम्पनीले जनाएको छ । 

सन् २०२० मा एनटर्क १२५ रेस एडिसन आफ्नो १२५–सीसीको श्रेणीमा नेपाली बजारमा सबैभन्दा बढी बिक्री हुने प्रीमियम स्कूटरको रुपमा स्थापित भएको कम्पनीको दावी छ ।
 

salt training

कमेन्ट गर्नुहोस्