३२ असार २०८३, बिहीबार

राष्ट्रलाई संकट पर्दा कांग्रेसले निकास दिने परम्परा देउवाको काँधमा आएको छ : प्रकाशमान सिंह

राष्ट्रलाई संकट पर्दा कांग्रेसले निकास दिने परम्परा देउवाको काँधमा आएको छ : प्रकाशमान सिंह

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले राष्ट्रलाई संकट पर्दा कांग्रेसले निकास दिने परम्परा रहेकोमा त्यो जिम्मेवारी प्रधानमन्त्री शेरबहादुर देउवाको काँधमा आएको बताएका छन् । उनले मुलुकलाई निकास दिँदै सबै नेपालीलाई कोरोनाविरुद्धको खोप उपलब्ध गराउन सरकारलाई ध्यानाकर्षण गराए । 

शुक्रवार बसेको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री देउवालाई बधाई दिँदै नेता सिंहले अहिलेको संकटमा पनि सबैलाई मिलाएर लैजान प्रधानमन्त्रीलाई सुझाव दिएका हुन् । 

‘जनताको भर राष्ट्र क्राइसिसमा पर्दा कांग्रेसले उचित निकास दिने परम्परा भएकोले अहिलेको क्राइसिसमा प्रधानमन्त्रीले सबैलाई मिलाएर लैजानु हुनेछ भन्ने विश्वास छ,’ नेता सिंहले भने । 

नेता सिंहले आफ्नो प्राथमिकता खोप, खोप र खोप भन्ने प्रधानमन्त्रीको प्राथमिकता सही रहेकाले सबै नेपालीलाई खोपको व्यवस्था गर्नुपर्ने बताए । 

salt training

कमेन्ट गर्नुहोस्