नेपाल प्रहरी र केल्मीबीच खेल सामग्री प्रायोजनका लागि थप ४ वर्षको सम्झौता

नेपाल प्रहरी खेलकुद समिति र स्पेनिस खेल सामाग्री उत्पादन कम्पनी केल्मीबीच खेल सामग्री प्रायोजनसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ ।


Advertisement

नेपाल प्रहरीको महिला / पुरुष फुटबल, महिला / पुरुष भलिबल र महिला बास्केटबल टीमलाई कामरू ट्रेडिङ प्रा.लि.ले ४ वर्षका लागि खेल सामग्री प्रायोजन गर्ने सम्झौता पत्रमा नेपाल प्रहरी खेलकुद समितिका तर्फबाट प्रतिष्‍ठानका कार्यकारी निर्देशक एवं नेपाल प्रहरी खेलकुद समितिका सदस्य सचिव प्रहरी अतिरिक्त महानिरीक्षक प्रद्युम्न कुमार कार्की र केल्मीको आधिकारिक बिक्रेता कामरू ट्रेडिङ प्राइभेट लिमिटेडका प्रबन्ध निर्देशक उत्तम न्यौपानेले हस्ताक्षर गरेका छन् ।


Advertisement

कार्यक्रममा प्रतिष्‍ठानका कार्यकारी निर्देशक एवं नेपाल प्रहरी खेलकुद समितिका सदस्य सचिव प्रहरी अतिरिक्त महानिरीक्षक प्रद्युम्न कुमार कार्कीले नेपाल प्रहरीको खेलकुद क्षेत्रको विकास र विस्तारका लागि केल्मीसँग सहकार्य गर्न पाउँदा खुसी लागेको बताए ।

आगामी दिनमा पनि केल्मीसँगको सहकार्य रहिरहोस् भन्ने शुभकामना समेत व्यक्त उनले व्यक्त गरे ।


Advertisement

सो अवसरमा कामरू ट्रेडिङ प्रा.लि.का प्रबन्ध निर्देशक उत्तम न्यौपानेले केल्मी ब्राण्डको बारेमा जानकारी गराएका थिए ।

१० जुलाई २०१९ मा केल्मी र नेपाल प्रहरी खेलकुद समितिअन्तर्गत नेपाल प्रहरीको पुरुष तथा महिला फूटबल खेलका खेलाडीहरूलाई जर्सी सेट, मोजा र टी-सर्ट उपलब्ध गराई खेलाडी तथा अफिसियलहरूलाई केल्मीको उत्पादित सामानहरू खरिद गर्दा ३०% छुट दिने गरी २ वर्षका लागि सम्झौता भएको भियो ।

हाल सोही सम्झौताको नवीकरणका साथै थप खेल (महिला / पुरुष भलिबल र महिला बास्केटबललाई समेत खेल सामाग्रीहरु उपलब्ध गराई ४ बर्षका लागि सम्झौता गरिएको हो ।

यस सम्झौतामा नेपाल पुलिस क्लब पुरुष फूटबल खेललाई कुनै युरोपियन फूटबल क्लबसँग अनुबन्धन गरी प्रत्येक वर्ष १ (एक) जना खेलाडीलाई प्रशिक्षणका लागि पठाउने व्यवस्था Kelme Sports Product Company Limited ले नै गर्ने समेत व्यवस्था रहेको छ ।

नेपाली खेलकुद क्षेत्रमा पछिल्लो समय केल्मीले एकछत्र राज गर्दैछ । दरबारमार्ग, जावलाखेल लगायतका स्थानमा केल्मीका आउटलेट सञ्चालनमा छन् ।

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्