२२ जेठ २०८३, शुक्रबार

राष्ट्र बैंकले माग्यो ६३ जना कर्मचारी, अनलाइनबाटै आवेदन दिन सकिने

राष्ट्र बैंकले माग्यो ६३ जना कर्मचारी, अनलाइनबाटै आवेदन दिन सकिने

 नेपाल राष्ट्र बैंकले ६३ जना कर्मचारी मागेको छ ।

विभिन्न सेवामा ६ महिना करार अवधि कायम हुने गरी केन्द्रीय बैंकले दरखास्त आह्वान गरेको हो ।

८ कक्षा पासदेखि एसएलसी वा सोसरह शैक्षिक योग्यता भएकाले पनि उक्त जागिरका लागि आवेदन दिन सक्नेछन् । आवेदन अनलाइनमार्फत् दिनुपर्ने छ ।

सुरक्षा सहायक १ जना र रक्षक ५ जना, सिपाही २७ जना माग गरिएको हो । साथै ३० जना कार्यालय सहयोगी पनि मागेको छ ।

साउन २४ गतेभित्रमा आवेदन दिइसक्नु पर्नेछ ।

salt training

कमेन्ट गर्नुहोस्