२५ असार २०८३, बिहीबार

शिक्षामा मन्त्री भएको भए ‘कन्फ्लिक्ट अफ इन्ट्रेस्ट’ हुन सक्थ्यो होला, तर स्वास्थ्य हुँदैनः उमेश श्रेष्ठ

शिक्षामा मन्त्री भएको भए ‘कन्फ्लिक्ट अफ इन्ट्रेस्ट’ हुन सक्थ्यो होला, तर स्वास्थ्य हुँदैनः उमेश श्रेष्ठ

नवनियुक्त स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले सबभन्दा पहिले खोप व्यवस्थापनलाई प्राथमिकता दिने बताएका छन् । शपथ लिएपछि लोकान्तरलाई प्रतिक्रिया दिँदै श्रेष्ठले कोरोना संक्रमणको तेस्रो लहरबाट बच्नको लागि खोप व्यवस्थापन नै प्राथमिकतामा रहेको बताएका हुन् । आफू शिक्षा, स्वास्थ्य समितिमा लामो समयसम्म काम गरेको हुनाले स्वास्थ्य क्षेत्रको समस्याबारे जानकारी रहेको उनले बताए।

‘शिक्षा क्षेत्रको म मन्त्री भएको भए मेरो कन्फ्लिक्ट अफ इन्ट्रेस्ट हुन सक्थ्यो होला, तर स्वास्थ्य क्षेत्रमा त्यस्तो हुँदैन,’ उनले भने । 

 राज्यमन्त्री श्रेष्ठको काठमाडौंमा निजी कलेज सञ्चालित छ। उनी नेपाली कांग्रेसका सांसद हुनुका साथै शिक्षा व्यापारी पनि हुन्। 

salt training

कमेन्ट गर्नुहोस्