२३ असार २०८३, मंगलबार

निर्वाचन आयोगमा हाजिर हुने अघिल्लो दिन जसपाको उपेन्द्र यादव पक्षका बहुमत कार्यकारीणी सदस्यलाई रिर्सोटमा राखियो

निर्वाचन आयोगमा हाजिर हुने अघिल्लो दिन जसपाको उपेन्द्र यादव पक्षका बहुमत कार्यकारीणी सदस्यलाई रिर्सोटमा राखियो

जनता समाजवादी पार्टी (जसपा)का बहुमत कार्यकारीणी सदस्यलाई ललितपुरको एक रिसोर्टमा राखेर प्रशिक्षण दिइएको छ । निर्वाचन आयोगमा कार्यकारीणी सदस्यले सशरीर उपस्थित भएर सनाखत गर्न आयोगमा जानुपर्ने अघिल्लो दिन कार्यकारीणी सदस्यलाई एक ठाउँमा राखेर छलफल शुरु गरिएको हो ।

पार्टी विवादको निर्क्यौल गर्न आयोगले ५१ जना कार्यकारीणी सदस्यलाई आयोगमा उपस्थित हुन निर्देशन दिएको छ । यादव पक्षले आजको बैठकमा ३२ जना सदस्य उपस्थित रहेको दावी गरेको छ ।
निर्वाचन आयोगले सनाखतका लागि बोलाएपछि अध्यक्ष महन्थ ठाकुर पक्ष सर्वोच्च अदालतमा पुगेको छ । कार्यकारीणी सदस्यको सनाखत रोक्न माग गर्दै परेको रिटमाथि सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीको इजलासमा पेशी तोकिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्