२१ जेठ २०८३, बिहीबार

माधव समूहको स्थायी समिति बैठकमा १० बुँदेबारे चर्चा

माधव समूहको स्थायी समिति बैठकमा १० बुँदेबारे चर्चा

नेकपा एमालेको माधव कुमार नेपाल समूहको स्थायी समिति बैठक बसेको छ । आइतबार बसेको बैठक केही साताअघि कार्यदलस्तरमा भएको १० बुँदे सहमति, समसामयिक राजनीतिक अवस्था र आफ्नो समूहको रणनीतिका विषयमा छलफल भएको एक नेताले जानकारी दिए ।

एमालेभित्र चर्किँदो विवादका बीच दोस्रो तहका नेताले अध्यक्ष केपी ओली र नेपालबीच भेटवार्ताका लागि प्रयास गर्दै आएको भएपनि दुई नेताबीच वाकयुद्ध चलिरहेको बेला नेपाल पक्षको स्थायी समिति बैठक बसेको हो।
आजको बैठकमा नेता भीम रावल पनि सहभागी रहेको एक नेताले बताए । बैठक सोमबार फेरि बैठक बसेर थप छलफल गरिने एक नेताले बताए ।

salt training

कमेन्ट गर्नुहोस्