२१ जेठ २०८३, बिहीबार

कतार र साउदी अरब जान कामदारले यी खोप लगाउनुपर्ने

साउन ११, २०७८
कतार र साउदी अरब जान कामदारले यी खोप लगाउनुपर्ने

नेपालका प्रमुख श्रम गन्तव्य कतार र साउदी अरबले ती देश जाने श्रमिकका लागि चार प्रकारका खोपका विकल्प दिएर प्रवेशमा सहजीकरण गरेका छन् । कतारले आइतबार सूचना जारी गदै फाइजर, मोडेर्ना, कोभिसिल्ड र जोन्सन एन्ड जोन्सनको खोपको मात्रा लगाएकोे १४ दिन पूरा भएका र खोप लगाएको प्रमाणपत्र प्राप्त गरेका यात्रुले कतारमा क्वारेन्टाइन बस्नु नपर्ने जनाएको छ ।
दोहास्थित नेपाली दूतावासका द्वितीय सचिव प्रविण भट्टराईले कतार आउने नेपालीले खोप लगाएको प्रमाणपत्रमा राहदानीमा भएको नामसँग मिल्ने गरी लेखिएको खोप प्राप्त गर्ने व्यक्तिको नाम, खोप लगाइएको मिति, खोपको नाम, प्रकार, उपलब्ध भएमा खोपको लट नम्बर र खोप लगाउने निकायको सही छाप आवश्यक पर्ने जनाएका छन् ।

श्रम गन्तव्यले आफ्नो देशमा उपलब्ध खोपका आधारमा नेपालबाट जाने श्रमिक र गैरश्रमिक नागरिकका लागि फरक–फरक कम्पनीले उत्पादन गर्ने खोपलाई मान्यता दिने जनाएपछि रोजगारीका लागि जान तयार रहेका श्रमिक अलमलमा परेका थिए । कारोबार दैनिकमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्