२२ जेठ २०८३, शुक्रबार

केही साथीहरूले रातारात कित्ता फेरे, तर उपेन्द्रसामु आत्मालोचना गर्दैनौँ : शरतसिंह भण्डारी

केही साथीहरूले रातारात कित्ता फेरे, तर उपेन्द्रसामु आत्मालोचना गर्दैनौँ : शरतसिंह भण्डारी

जनता समाजवादी पार्टी (जसपा)का नेता शरतसिंह भण्डारीले निर्वाचन आयोगको निर्णय आएपछि कसरी अगाडि बढ्ने भन्ने निर्णय लिइने बताएका छन् । उनले आफ्नो पक्षका केही नेताहरूले रातारात कित्ता फेरेको टिप्पणी गरे । 

निर्वाचन आयोगमा पत्रकारहरूसँग कुरा गर्दै नेता भण्डारीले आफूहरूको माग अर्को पार्टी गठन नभएकोले आयोगको निर्णयअनुसार अगाडि बढ्ने बताएका हुन् । 

‘त्यो बेला हामीले उपेन्द्रजीलाई रेस्क्यु गरेका थियौं, उपेन्द्रजीको अनुहार हेरेर पार्टी एकता गरेको होइन, मधेशको आन्दोलन कमजोर हुँदैछ भनेर गरेका थियौं,’ भण्डारीले भने । 

उपेन्द्र यादवको शर्तअनुसार आफूहरूले आत्मालोचना गर्ने सम्भावना नरहेको उनले बताए । 

उपेन्द्र यादवको पक्षमा ५१ मध्ये ३४ जनाले हस्ताक्षर गरेको सो पक्षका एक नेताले जानकारी दिए । महन्थ ठाकुरको पक्षमा १६ जनाले हस्ताक्षर गरेका छन् । 

निर्वाचन आयोगले भोलिसम्ममा जसपा विवाद टुंगाउने अपेक्षा गरिएको नेता महिन्द्र राय यादवले बताए ।

salt training

कमेन्ट गर्नुहोस्