२९ असार २०८३, सोमबार

कोभिड-१९ : ३४२१ संक्रमित थपिए, २५ जनाको मृत्यु

कोभिड-१९ : ३४२१ संक्रमित थपिए, २५ जनाको मृत्यु

नेपालमा तीन हजार ४२१ कोरोना संक्रमित थपिएका छन् । योसँगै संक्रमितको संख्या सात लाख ३८ हजार ९१८ पुगेको छ । 

स्वास्थ्य मन्त्रालयका अनुसार १७ हजार २७२ वटा नमूना परीक्षण गरिएको थियो । 

मन्त्रालयले थप २५ जनाको मृत्यु भएसँगै कुल मृत्यु संख्या ९ हजार ७३८ पुगेको जनाएको छ । 

यस्तै हालसम्म ६ लाख ४५ हजार ३०१ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा एक हजार ६८६ जना संक्रमणमुक्त भएका हुन् ।

salt training

कमेन्ट गर्नुहोस्