२२ असार २०८३, सोमबार

मधेसी दलले जनतालाई निर्वाचनमा मतदान गर्नबाट वञ्चित गर्न खोजे : पोखरेल

कात्तिक २०, २०७४
मधेसी दलले जनतालाई निर्वाचनमा मतदान गर्नबाट वञ्चित गर्न खोजे : पोखरेल
नवलपरासी, २७ जेठ- नेकपा (एमाले)का नेता शङ्कर पोखरेलले मधेस केन्द्रित राजनीतिक दलले मधेसका जनतालाई स्थानीय तहको निर्वाचनमा मतदान गर्नबाट वञ्चित गर्न खोजेको आरोप लगाउनुभएको छ ।

एमाले स्थायी कमिटी सदस्य एवम् स्कुल विभाग प्रमुख शङ्कर पोखरेलले नवलपुरस्थित पार्टी कार्यालयमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्रीको चुनावमा सहभागी भई मतदान गर्ने मधेसी दलका नेताहरुको स्थानीय तह निर्वाचन बहिष्कार गर्ने चेतावनी विरोधाभाषपूर्ण भएको बताउनुभयो ।

स्थानीय तहको निर्वाचनमा एमालेले आफ्नो एजेन्डा जनताको घरघरमा पु¥याउन नसकेका कारण सोचेजस्तो जित हासिल गर्ने नसकेको बताउँदै उहाँले दोस्रो चरणको निर्वाचनमा पार्टीले ६० प्रतिशतभन्दा बढी स्थान जित्ने दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो – “अहिले दोस्रो चरणको निर्वाचनमा हामीले धेरै नै प्रचारप्रसार गरेका छौँ । सोही कारण हामी पहिलो पार्टी बन्ने पक्का छ ।”

salt training

कमेन्ट गर्नुहोस्