
हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले दशैं तिहारको उपलक्ष्यमा ल्याएको 'यसपालीको दशैं तिहार वेलकम टु हुन्डाई परिवार' अफरको बम्पर विजेताहरुको नाम घोषणा गरेको छ ।
सो अफर अनुरुप हरेक नयाँ हुन्डाई गाडीको खरिदमा ग्राहकहरुले आकर्षक नगद छुट र एक वर्षको लागि निःशुल्क बीमा त्यसैगरी स्क्रयाच कार्ड मार्फत थप १ लाख सम्मको नगद छुट साथै यस कठिन समयमा स्वास्थ्यकमीहरुको समर्पण र अथक सेवालाई ध्यानमा राखी सम्मान स्वरुप बिशेष प्याकेज तथा बम्पर उपहार अन्तर्गत लक्कि ड्र मार्फत १–१ जना विजेतालाई हुन्डाई ग्रान्ड आई१० एनआईओएस (म्याग्ना) र हुन्डाई औरा (एस) जित्ने मौका थियो ।
'यसपालीको दशैं तिहार वेलकम टु हुन्डाई परिवार' अफरको विजेताको घोषणा हिमालय टिभीमा लाइभ लक्की ड्र मार्फत सोमबार गरिएको थियो । सो कार्यक्रमको मुख्य अतिथिहरुमा कनज्युमर आई नेपालकी अध्यक्ष बिमला खनाल तथा पुर्व राष्ट्रिय फूटबल क्याप्टेन अनिल गुरुङ रहेका थिए ।
ूयसपालीको दशैं तिहार वेलकम टु हुन्डाई परिवारू अफर अनुरुप पहिलो बम्पर लक्की ड्र अन्तर्गत, कुपन नम्बर १४४५, मैतीदेवी, काठमाडौँका श्याम प्रसाद पौडेलले हुन्डाई ग्रान्ड आई१० एनआईओएस (म्याग्ना) जिते ।
त्यसैगरी ूयसपालीको दशैं तिहार वेलकम टु हुन्डाई परिवारू अफरको दोस्रो तथा अन्तिम बम्पर लक्की ड्र अन्तर्गत, कुपन नम्बर १६१७, भरतपुर, चितवनका चेत नारायण सापकोटाले हुन्डाई औरा (एस) जिते ।
यस लक्ष्मी इन्टरकन्टिनेन्टलले ग्राहकवर्गको निम्ति विभिन्न नौलो योजना ल्याउने गरेको छ र 'यसपालीको दशैं तिहार वेलकम टु हुन्डाई परिवार' योजना मार्फत पनि ग्राहकहरुलाई विभिन्न सेवा सुविधा प्रदान गर्ने लक्ष्य लिएको थियो ।
सो योजना २०७७ असोज ५ देखि मंसिर ५ सम्म लागु गरिएको थियो ।