३१ असार २०८३, बुधबार

ओलम्पिक : टेनिसमा तेस्रो चरणबाटै बाहिरिइन् नाओमी ओसाका

साउन १२, २०७८
ओलम्पिक : टेनिसमा तेस्रो चरणबाटै बाहिरिइन् नाओमी ओसाका

जापानको राजधानी टोक्योमा चलिरहेको ग्रीष्मकालीन ओलम्पिकमा टेनिस खेलमा मंगलवार जापानी खेलाडी नाओमी ओसाका तेस्रो चरणबाट बाहिरिएकी छन् । 

चेक गणतन्त्रकी खेलाडी मार्केटा भोन्द्रोउसोवासँग ६–१ ६–४ को सोझो सेटमा पराजित भई ओसाका प्रतियोगिताबाट बाहिरिएकी हुन् । 

जापानी मूलकी खेलाडी ओसाकाले आफ्नो देशमा भइरहेको ओलम्पिकमा देशलाई पदक दिलाउने आशा धेरैले गरेका थिए । ओलम्पिकको मशाल जलाउने जिम्मेवारी पनि उनैलाई दिइएको थियो । 

तर मानसिक अवसादका कारण यस वर्ष ओसाकाले उच्चस्तरीय प्रदर्शन गर्न सकेकी छैनन् । अवसादकै कारण उनले पेरिस र विम्बल्डन ओपनबाट नाम फिर्ता लिएकी थिइन् । 

salt training

कमेन्ट गर्नुहोस्